विजयादशमी २०७९ सालको पावन अवसरमा समस्त लिखु बासी आमा बुबा, दाजु-भाई, दिदि-बहिनि तथा देश बिदेशमा रहनु हुने समस्त नेपालीहरुमा सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
लिखु गाउँपालिका प्रदेश नं १ अन्तरगत ओखलढुंगा जिल्लामा पर्दछ । लिखु गाउँपालिका ओखलढुंगा जिल्लाकाे सदरमुकाम ओखलढुंगा बाट करिव ७५ किलाेमिटर उतर पश्चिम तर्फ ८८.०३ वर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकोछ । यस गाउँपालिकामा जम्मा ६ अाेटा गा.बि.स. हरु (सिहदेवी, नर्मदेश्वर, यसम, गाम्नाङटार, टारकेरावारी र पोकली (१-८) गा.वि.स.) मिलेर बनेको छ भने गाउँ कार्यपालिकाकाे कार्यलय वडा नम्वर ४ काे यसम भन्ने ठाउमा रहेकाे छ । यस गाउँपालिकाकाे पुर्वदक्षिण तर्फ चम्पदेवी गाउँपालिका, पश्चिम तर्फ रामेछाप जिल्ला र उत्तर पूर्व तर्फ खिजिदेम्बा गाउँपालिका पर्दछ ।