समाचार
LISA तथा FRA नतिजा सार्वजनिक सम्बन्धमा ।
LISA तथा FRA सूचकमा ओखलढुङ्गा जिल्लामा लिखु उत्कृष्ट
लिखु गाउँपालिकाको आ.व. २०८०/०८१ को संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा ९५.५ अङ्क प्राप्त गरेको छ। गत आर्थिक वर्षमा ६३.७५ प्राप्त गरेकोमा यस वर्ष कार्यसम्पादन लगायतका क्षेत्रमा सुधार गर्दै लिखु गाउँपालिकाले ओखलढुङ्गामा रहेका ८ वटा पालिकाहरु मध्ये सबैभन्दा उच्च अङ्क प्राप्त गरेको हो ।
यसै गरी स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा समेत यस गाउँपालिकाले ९२.५ अङ्क प्राप्त गरेको छ। गत आर्थिक वर्ष २०७९।०८० मा FRA सूचकमा ६४.५ अङ्क प्राप्त गरेकोमा यस वर्ष थप सुधार गर्दै ९२.५ अङ्क प्राप्त गरेको हो