FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

उपभोक्ता समितिमार्फत योजना सञ्चालन गर्दा देहायका कुरामा ध्यान दिनु पर्छ ।

  • उपभोक्ता समितिको गठन तोकिएको कार्यविधिको पालना गरी पारदर्शी प्रकृया बमोजिम हुनुपर्छ,
  • उपभोक्ता समितिमा आयोजनाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने उपभोक्ताहरुको समावेशी सहभागितालाई सुनिश्चित हुनुपर्छ,
  • सथानीय स्रोत साधन र प्रविधिमा आधारित जनसहभागिता जुट्न सक्ने सक्ने र जटिल प्राविधिक पक्ष समावेश नभएको हुनुपर्छ,
  • उपभोक्ता समितिले सम्झौता बमोजिमको कार्य सम्पादन गर्न ठेक्का पट्टा लगाई गर्न नहुने,
  • सम्झौता नगरी उपभोक्ता समितिलाई कार्य जोम्मेवारी दिनुहुँदैन,
  • उपभोक्ता समितिलाई आवश्यक पर्ने प्राविधिक सहयोग सहज रुपमा उपलव्ध गराउने तथा आयोजना व्यवस्थापन तथा भुक्तानी प्रकृया सम्बन्धमा तालिम प्रदान गर्ने,
  • उपभोक्ता समितिको कार्य प्रणाली र आम्दानी खर्चलाई पारदर्शी बनाउने,
  • उपभोक्ता समितिको अनुगमन तथा मुल्याङकन प्रकृयालाई व्यवस्थित गर्न अनुगमन समितिलाई कृयाशील तुल्याउने,
  • आयोजना सम्पन्न पश्चात सोको हस्तान्तरण र मर्मत सम्भारको जोम्मेवारी ऊपभोक्ता समितिलाई दिने ।