प्रमुख प्रशासकीय अधिकृत ज्यूको भनाई ।

स्थानीय सरकार जनताको सबै भन्दा नजिकको सरकार जनतासंग प्रत्यक्ष सरोकार राख्ने तथा जनताको मुटुको ढुकढुकी भएकोले स्थानीय तहमा स्थानीय सरकार संचालनार्थ निर्वाचित जनप्रतिनिधि, सरोकारवाला पक्षहरु र स्थानीय तहमा कार्यरत कर्मचारी बीचमा समन्वय, सहकार्य र सहजीकरणको मार्गबाट मात्र संघीयता कार्यान्वयनको आधारशीलालाई मजवुत वनाउन सकिन्छ । तसर्थ लिखु गाउँपालिकाको vision सुशासन मार्फत समृद्धि हासिल गर्नको लागि Elected and Selected Body बीचमा वैरभाव हैन की एक अर्कामा आ-आफ्नो अधिकार क्षेत्रको प्रयोगमा सामञ्जस्यता अपनाई कसरी स्थानीय सरकार मार्फत सुशासन अभिवृद्दि गर्दै समृद नेपाल, सुखी नेपालीको अवधारणालाई कार्यान्वयन गर्ने भन्ने विषयमा ऐक्यवद्दता जनाई कार्यरत कर्मचारी वर्गले राजनीति प्रति तटस्थ र स्थानीय सरकार प्रति प्रतिवद्द भई कार्य सम्पादन गर्नु पर्ने हुन्छ ।