प्रमुख प्रशासकीय अधिकृत ज्यूको भनाई ।

स्थानीय सरकार जनताको सबै भन्दा नजिकको सरकार जनतासंग प्रत्यक्ष सरोकार राख्ने तथा जनताको मुटुको ढुकढुकी भएकोले स्थानीय तहमा स्थानीय सरकार संचालनार्थ निर्वाचित जनप्रतिनिधि, सरोकारवाला पक्षहरु र स्थानीय तहमा कार्यरत कर्मचारी बीचमा समन्वय, सहकार्य र सहजीकरणको मार्गबाट मात्र संघीयता कार्यान्वयनको आधारशीलालाई मजवुत वनाउन सकिन्छ । तसर्थ लिखु गाउँपालिकाको vision सुशासन मार्फत समृद्धि हासिल गर्नको लागि Elected and Selected Body बीचमा वैरभाव हैन की एक अर्कामा आ-आफ्नो अधिकार क्षेत्रको प्रयोगमा सामञ्जस्यता अपनाई कसरी स्थानीय सरकार मार्फत सुशासन अभिवृद्दि गर्दै समृद नेपाल, सुखी नेपालीको अवधारणालाई कार्या

लिखु गाउँपालिकाको वस्तुगत विवरण

लिखु गाउँपालिकाको वस्तुगत विवरण, २०७४ । नेपाल सरकार योजना आयोग सचिवालय केन्द्रिय तथ्याङ्क कार्यालय ओखलढुंगाको जिल्ला वस्तुगत विवरणबाट साभार

लिखु गाउँपालिकाकाे संक्षिप्त परिचय

लिखु गाउँपालिका प्रदेश नं १ अन्तरगत ओखलढुंगा जिल्लामा पर्दछ । लिखु गाउँपालिका ओखलढुंगा जिल्लाकाे सदरमुकाम ओखलढुंगा बाट करिव ७५ किलाेमिटर उतर पश्चिम तर्फ  ८८.०३ वर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकोछ । यस गाउँपालिकामा जम्मा ६ अाेटा गा.बि.स. हरु (सिहदेवी, नर्मदेश्वर, यसम, गाम्नाङटार, टारकेरावारी र पोकली (१-८) गा.वि.स.) मिलेर बनेको  छ भने गाउँ कार्यपालिकाकाे कार्यलय वडा नम्वर ४ काे यसम भन्ने ठाउमा रहेकाे छ ।  यस गाउँपालिकाकाे पुर्वदक्षिण तर्फ चम्पदेवी गाउँपालिका, पश्चिम तर्फ रामेछाप जिल्ला र उत्तर पूर्व  तर्फ खिजिदेम्बा गाउँपालिका पर्दछ ।